काठमाडौँ- कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट शेरबहादुर देउवा समूह निकट नेपाली कांग्रेसको जिल्ला सभापति निर्वाचित भएका छन् ।
हिजो आठौं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । अहिले आधिकारिक कांग्रेस गगनकुमार थापासँग रहे पनि विष्ट भने देउवा समूहको जिल्ला सभापति बनेका हुन् ।
यस्तै, उपसभापतिमा भरत मल्ल, केसरसिंह बम, सचिव नेत्र शाही, सविन विष्ट, सहसचिव धिर शाही, मन बहादुर बुढा निर्वाचित भएका छन् ।
प्रकाशित: २९ असोज २०८३ ८:४४ | Thursday, October 15, 2026
प्रतिक्रिया




