कर्मचारीको नयाँ तलबमान र प्रोत्साहन भत्ताबारे यस्तो निर्णय

हिमाल प्रेस २९ असोज २०८३ १०:१२ | Thursday, October 15, 2026
कर्मचारीको नयाँ तलबमान र प्रोत्साहन भत्ताबारे यस्तो निर्णय प्रतिकात्मक तस्बिर

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती सेवा र प्रदेशभित्रका स्थानीय सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीका लागि नयाँ तलबमान, ग्रेड रकम र प्रोत्साहन भत्ता कायम गर्ने निर्णय गरेको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को २०८३ असोज २८ गते बसेको बैठकले २०८३ साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान तथा प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको हो।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा प्रदेशभित्रका ८८ वटै स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न जानकारी गराएको छ।

निर्णयअनुसार प्रदेश निजामती सेवा र प्रदेशभित्रका स्थानीय सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीका लागि नयाँ तलबमान कायम गरिनेछ । त्यस्तै, एक दिनको तलब बराबरको ग्रेड रकमसमेत निर्धारण गरिने मन्त्रालयले जनाएको छ।

यसैगरी, स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीले तलब वृद्धि भएपछि कायम हुने सुरु तलबमानको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा पाउने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार नयाँ तलबमान, ग्रेड रकम र प्रोत्साहन भत्ताको दर अनुसूची-१ बमोजिम कायम हुनेछ। उक्त व्यवस्था २०८३ साउन १ गतेदेखि लागू हुने भएकाले कर्मचारीले सोही मितिदेखिको व्यवस्थाअनुसार सुविधा पाउनेछन्।

 

प्रकाशित: २९ असोज २०८३ १०:१२ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast