नारायणप्रसाद गौतमको अध्यक्षतामा नेपाली भाषा शिक्षक समाजको ९९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन

हिमाल प्रेस १८ असोज २०८३ ११:०६ | Sunday, October 4, 2026
नारायणप्रसाद गौतमको अध्यक्षतामा नेपाली भाषा शिक्षक समाजको ९९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन

काठमाडौँ- नेपाली भाषाको सबलीकरण तथा सुदृढीकरणका लागि विद्यालय तहमा अध्यापनरत नेपाली भाषा शिक्षकहरूलाई संगठित गर्ने उद्देश्यले नेपाली भाषा शिक्षक समाज गठन गरिएको छ।

विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा सम्पन्न केन्द्रीय भेलाले नारायणप्रसाद गौतमको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो। गौतम लाजिम्पाटस्थित रानीदेवी माविका प्रधानाध्यापक हुन्।

समाजको उपाध्यक्षमा उमेश अधिकारी, महिला उपाध्यक्षमा राममाया अधिकारी, प्रदेश उपाध्यक्षमा हरिप्रसाद तिमिल्सिना र रूपिन्द्रप्रभावी जोशी चयन भएका छन्।

महासचिवमा राजेन्द्रप्रसाद रिमाल तथा उपमहासचिवमा पुरनप्रसाद पैंतौला, बुद्धिसागर अधिकारी र शकुन्तला भण्डारी चयन भएका छन्। सचिव अर्थमा जीवराज आचार्य चयन भएका छन्।

समाजले देशभर विद्यालय तह (कक्षा १ देखि १२) मा नेपाली भाषा अध्यापन गराइरहेका शिक्षकहरूलाई संस्थामा आबद्ध हुन आह्वान गरेको छ।

नेपाली भाषाको शिक्षण, संरक्षण, प्रवर्द्धन तथा सबलीकरणका लागि शिक्षकहरूबीच सहकार्य र एकता आवश्यक रहेको समाजले जनाएको छ।

केन्द्रीय सदस्यहरूमा अर्जुनकुमार श्रेष्ठ, नवराज भेटुवाल, शिवराम चालिसे, विमला लामिछाने, नीता पोखरेल, मणिराम घिसिङ, गणेश बुढा, हिमालयप्रसाद शर्मा, विक्रमराज भट्टराई, प्रतिमा पौडेल, खेमनाथ सापकोटा, विश्वराज खनाल, देवीप्रसाद खरेल, सरिता ढकाल फुँयाल, सुरेशकुमार बस्नेत, लक्ष्मीप्रसाद घिमिरे, शान्ता पन्थी, डा.सीता सुवेदी पन्थी, रमेशचन्द्र घिमिरे, माधवप्रसाद गौतम, भीमप्रसाद भुषाल, जुनामाया कार्की, मोहन विष्ट, इन्द्रा खड्का, गायत्रीप्रसाद खनाल र भूपेन्द्र वि.सी.चयन भएका छन्।

त्यस्तै केन्द्रीय सल्लाह परिषद्‍मा डा.जानुका नेपाल, केदारप्रसाद दाहाल र कुमारप्रसाद खतिवडा चयन भएका छन्। समितिमा देशका विभिन्न जिल्लाका शिक्षकहरूको प्रतिनिधित्व रहेको समाजले जनाएको छ।

प्रकाशित: १८ असोज २०८३ ११:०६ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast