प्रोत्साहन भत्ताका लागि पठाइयो पत्र

हिमाल प्रेस १६ असोज २०८३ ८:१९ | Friday, October 2, 2026
प्रोत्साहन भत्ताका लागि पठाइयो पत्र

राजविराज- डाक्नेश्वरी नगरपालिकाले कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता प्राप्त गर्न योग्य कर्मचारीलाई कार्यसम्पादन मूल्यांकन फाराम भर्न आग्रह गरेको छ।

नगरपालिकाले बिहीबार सूचना जारी गर्दै नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत सम्पूर्ण स्थायी तथा स्वास्थ्यतर्फका कर्मचारीलाई पाँच दिनभित्र कार्यसम्पादन मूल्यांकन फाराम भरी प्रशासन शाखामा बुझाउन अनुरोध गरेको हो।

मधेश प्रदेश सरकार, अर्थ मन्त्रालयको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०८३ को परिच्छेद-३ को दफा ५ बमोजिम कार्यसम्पादनको स्तर र भत्ता भुक्तानीको सीमाअनुसार प्रोत्साहन भत्ता निर्धारण हुने नगरपालिकाले जनाएको छ।

सूचनाअनुसार कार्यसम्पादन मूल्यांकनमा कुल अंकको ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने कर्मचारीले मात्र सुरु तलब स्केलको १० प्रतिशत प्रोत्साहन भत्ता प्राप्त गर्न सक्नेछन्।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम किसुन यादवद्वारा जारी सूचनामा तोकिएको समयभित्र मूल्यांकन फाराम प्रशासन शाखामा बुझाउन सबै सम्बन्धित कर्मचारीलाई अनुरोध गरिएको छ।

प्रकाशित: १६ असोज २०८३ ८:१९ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast