सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग शिक्षामन्त्री सस्मित पोखरेलले गरे छलफल

हिमाल प्रेस २६ भदौ २०८३ ९:३४ | Friday, September 11, 2026
सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग शिक्षामन्त्री सस्मित पोखरेलले गरे छलफल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग शिक्षा र खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबीचको सहकार्य तथा समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्।

मन्त्रालयका अनुसार छलफलमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम विधेयक, विपद्का समयमा अन्तरसरकारी सहकार्य तथा समन्वयलगायतका विषयमा विचार विमर्श भएको थियो।

मन्त्री पोखरेलले संघीय सरकार प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै शिक्षा र खेलकुद क्षेत्रमा दुवै तहका सरकारबीच समन्वय र साझेदारी अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

छलफलमा १०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गर्ने, टिभीइटी विधेयक आपसी छलफलबाट टुंग्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।

छलफलमा सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूको सहभागिता रहेको थियो। मन्त्रालयले छलफलमा सहभागी सबै मन्त्रीलाई धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: २६ भदौ २०८३ ९:३४ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast