विश्वासको मत नपाउने देखेपछि राजीनामाको तयारीमा सुदूरका मुख्यमन्त्री

हिमाल प्रेस २६ साउन २०८३ ६:३२ | Tuesday, August 11, 2026
8
SHARES
विश्वासको मत नपाउने देखेपछि राजीनामाको तयारीमा सुदूरका मुख्यमन्त्री कमलबहादुर शाह। फाइल तस्बिर

काठमाडौँ- विश्वासको मत लिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्रीले यही साउन २७ वा २८ गते राजीनामा दिने तयारी गरेको जानकारी दिए । प्रदेशसभामा आफूले विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि राजीनामा दिने निष्कर्षमा पुगेको मुख्यमन्त्रीको भनाइ छ ।

गत असार ३१ गते एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नयाँ सरकार गठनका लागि नेकपा र एमाले बिच सहमति भइसकेको छ । सोही नेकपाको नेतृत्वमा सरकार गठन हुनेछ ।

 

प्रकाशित: २६ साउन २०८३ ६:३२ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast