प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल

हिमाल प्रेस ३ वैशाख २०८३ १७:१६ | Thursday, April 16, 2026
8
SHARES
प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएका थिए।

कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी भएनन्।

बागमती, गण्डकी, लुम्बिनी, मधेश र कर्णालीका मुख्यमन्त्री छलफलमा सहभागी भएका हुन्।

प्रकाशित: ३ वैशाख २०८३ १७:१६ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast