सिन्धुलीमा हायस गाडी ब्रेकफेल हुँदा ४ घाइते, दुईको अवस्था गम्भीर

हिमाल प्रेस २४ साउन २०८३ ६:४८ | Sunday, August 9, 2026
6
SHARES
सिन्धुलीमा हायस गाडी ब्रेकफेल हुँदा ४ घाइते, दुईको अवस्था गम्भीर

काठमाडौँ- सिन्धुलीमा गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार बीपी राजमार्गमा पर्ने गोलन्जोर गाउँपालिका ५ छब्बिस भन्ने ठाउँमा मोरङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ५९८४ नम्बरको हायस गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो।

दुर्घटनामा घनुषाको गणेशमान चारनाथ नगरपालिका ७ बस्ने वर्ष २२ की रुवी साह र मोरङको सुन्दर हरैचा नगरपालिका १२ बस्ने वर्ष १९ का समित भुजेल गम्भीर घाइते भएका छन्।

रुवीको टाउको र अनुहार तथा समितको शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यसैगरी मोरङकै सुन्दर हरैचा नगरपालिका १२ का २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका १७ बस्ने वर्ष ४२ का दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।

गाडीमा चालकसहित १४ जना सवार थिए। घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाएको प्रहरीले जनाएको छ। प्रहरीले चालक मोरङको बेलबारी ३ बस्ने २५ वर्षीय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: २४ साउन २०८३ ६:४८ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast