सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीनको मृत्यु, १५ घाइते

हिमाल प्रेस ६ वैशाख २०८३ ८:०१ | Sunday, April 19, 2026
4
SHARES
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीनको मृत्यु, १५ घाइते

काठमाडौँ- सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना भएको हो।

मृत्यु हुनेहरुमा कुपिण्डे नगरपालिका– ८ का ५० वर्षीय टोपबहादुर थापा , ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

उद्धारमा खटिएका वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीकाअनुसार जिपमा १८ जना सवार थिए। तीमध्ये १५ जना घाइते भएका छन्। उनीहरुको उपचार सुर्खेतस्थित मेहेलकुना अस्पतालमा भइरहेको छ।

प्रकाशित: ६ वैशाख २०८३ ८:०१ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast