सल्यानमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ४ घाइते

हिमाल प्रेस २७ भदौ २०८३ १२:१५ | Saturday, September 12, 2026
सल्यानमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ४ घाइते

काठमाडौँ- सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका–५, सिम्खस्थित भित्री सडकखण्डमा शनिबार बिहान लुम्बिनी प्रदेश ०२–००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–५, सिम्ख बस्ने २४ वर्षीय चालक भुपाल पुनसहित ६ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो ।

प्रहरीका अनुसार चिकित्सकले घाइतेमध्ये दुई जनालाई मृत घोषणा गरेका छन् ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६, पोखरीका आठ वर्षीय रेशम बुढाथोकी र सोही गाउँपालिका–५, सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी छन् ।

घाइते चार जनालाई त्रिवेणी हेल्थ केयर लुहाम, सल्यानमा सामान्य उपचारपश्चात् थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित: २७ भदौ २०८३ १२:१५ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast