दुधमति खोलाको पुल निर्माणमा ढिलाइ, स्थानीयवासी सास्तीमा

हिमाल प्रेस १३ साउन २०८३ १३:१७ | Wednesday, July 29, 2026
दुधमति खोलाको पुल निर्माणमा ढिलाइ, स्थानीयवासी सास्तीमा फाइल तस्बिर

जनकपुरधाम- धनुषाको ढल्केबर-जनकपुर-जटही ६ लेन सडकखण्डअन्तर्गत जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासी तथा यात्रुले सास्ती खेप्नुपरेको छ।

जनकपुरधामलाई भारतको जटही नाकासँग जोड्ने रणनीतिक मार्गको महत्त्वपूर्ण संरचना मानिने उक्त पुलको निर्माणमा ढिलाइ हुँदा नागरिक निराश बनेका छन्। स्थानीय सुबोध नायकले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको उनले भने।

निर्माणकार्यले गति लिन नसक्दा जनताले अपेक्षा गरेको समयमा पुल सञ्चालनमा आउन सकेको छैन। पुल निर्माणका लागि २०७६ जेठ २५ गते नागार्जुन हेम जेभीसँग रु १३ करोड ९५ लाख ६४ हजार ३३८ मा ठेक्का सम्झौता भएको थियो।

सडक डिभिजन कार्यालय जनकपुरधामका अनुसार पुल २०८२ माघ १७ गतेभित्र सम्पन्न गर्ने सम्झौता थियो। तर निर्माणमा ढिलाइ भएपछि कार्यालयले ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेको छ।

प्रमुख इन्जिनियर दारोगा प्रसादले निर्माणमा भएको ढिलाइका कारण ठेक्का सम्झौता तोडिएको उनले भने।

ढल्केबर-जनकपुर-जटही ६ लेन सडक मधेश प्रदेशकै महत्त्वपूर्ण आयोजना हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमन सहज बनाउन पुल निर्माण सुरु गरिएको थियो।

प्रकाशित: १३ साउन २०८३ १३:१७ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast