यामलाल कँडेलको राजीनामापछि कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान

हिमाल प्रेस १० साउन २०८३ ८:३८ | Sunday, July 26, 2026
10
SHARES
यामलाल कँडेलको राजीनामापछि कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ ।

प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार सूचना जारी गर्दै संविधानको धारा १६८ को उपधारा-२ बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी पत्रअनुसार मुख्यमन्त्री कँडेलले संविधानको धारा १६९ को उपधारा-१ को खण्ड क बमोजिम साउन ९ गते साँझ ५ बजे लिखित राजीनामा दिएका थिए । उक्त राजीनामा सोही मितिदेखि लागू हुने गरी प्रदेश प्रमुखबाट स्वीकृत गरिएको पत्रमा उल्लेख छ।

राजीनामा स्वीकृत भएसँगै संविधानको धारा १६८ को उपधारा-२ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो ।

प्रकाशित: १० साउन २०८३ ८:३८ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast