कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ

हिमाल प्रेस १३ साउन २०८३ १५:२६ | Wednesday, July 29, 2026
18
SHARES
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ

सुर्खेत- कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष आयोजित समारोहमा शाहीले शपथ ग्रहण गरेका हुन्।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए। ४० सदस्यीय प्रदेश सभामा सभामुखबाहेक एमालेका ९ र नेकपाका १४ सांसदको समर्थनसहित उनीसँग २३ सदस्यको बहुमत रहेको छ।

शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

केन्द्रमा एमाले र नेकपाबीच भएको तीनबुँदे सत्ता सहमतिपछि सात प्रदेशमध्ये कर्णालीबाट पहिलो पटक सत्ता परिवर्तन कार्यान्वयनमा आएको हो।

यसअघि एमालेका यामलाल कँडेल मुख्यमन्त्री थिए। केन्द्रमा भएको नयाँ राजनीतिक सहमतिपछि उनले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: १३ साउन २०८३ १५:२६ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast