कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको पक्षमा उभियो नेकपा

हिमाल प्रेस ७ साउन २०८३ १५:१९ | Thursday, July 23, 2026
16
SHARES
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको पक्षमा उभियो नेकपा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल

सुर्खेत- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जीसीले बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले अविश्वासका पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए ।

‘हामीले यसअघि कांग्रेससँग मिलेर प्रदेशसभामा मुख्मयन्त्रीविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावका पक्षमा उभिने गरी दलको बैठकले निर्णय गरेको छ,’ उनले भने ।

असार ३१ गते कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट असार ३२ गते नेपाली कांग्रेस र नेकपा मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमा नेकपाका ११ र कांग्रेसका पाँच सांसदले हस्ताक्षर गरेका छन्।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले पनि अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। कांग्रेसले प्रदेशमा एमालेसँग सहकार्य नगर्ने भनेपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

नेकपाले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अघि सारेको छ। कांग्रेसँगको गठबन्धन भत्किएपछि नेकपा र एमालेबीच सहकार्य हुने भनिए पनि त्यसको ठोस खाका सार्वजनिक भएको छैन।

यस्तै एमालेले केन्द्रमा नेकपासँग गठबन्धनका बारेमा छलफल भइरहेकाले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि आवश्यक संख्या २१ हो।

कर्णालीमा एमाले, कांग्रेस र नेकपा जो जता मिल्दा पनि सरकार बनाउँने अंक पुग्छ। प्रदेशसभामा कांग्रेसका १४, नेकपाका १४, एमालेका १०, राप्रपा र स्वतन्त्र एकएक जना सांसद छन्।

आजै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। उक्त बैठकबाट मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव संसद् जान सक्ने बताइएको छ।

प्रकाशित: ७ साउन २०८३ १५:१९ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast