कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

हिमाल प्रेस ९ साउन २०८३ १७:४२ | Saturday, July 25, 2026
22
SHARES
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्।

प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री कँडेलले राजीनामा दिएको घोषणा गरे।

उनी पहिलोपटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादीको गठबनधनमा मुख्यमन्त्री बनेका थिए भने झन्डै ४ महिनापछि केन्द्रमा समिकरण परिवर्तन भएपछि नेपाली काँग्रेसको समर्थनमा दोस्रो पटक २०८१ साउन २१ गते मुख्यमन्त्री बनेका थिए।
पछिल्लो समय सरकारका बाहिरिँदै कांग्रेसले समर्थन फिर्ता लिएपछि कँडेल अल्पमतमा परेका हुन्।

प्रकाशित: ९ साउन २०८३ १७:४२ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast