कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

हिमाल प्रेस ३२ असार २०८३ १७:२२ | Thursday, July 16, 2026
20
SHARES
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

मुख्यमन्त्री कँडेलविरूद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

बिहीबार नेकपाका ११ र कांग्रेसका पाँच सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। उनीहरुले नयाँ मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाहीको नाम प्रस्ताव गरेका छन्।

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर बीसीका अनुसार नयाँ गठबन्धन बनाउने गरी अविश्वासको प्रस्ताव ल्याइएको हो। एमाले नेतृत्वको सरकारबाट बुधबार कांग्रेसका मन्त्रीहरू बाहिरिएका थिए।

प्रदेश सभामा कांग्रेसका १४ जना सांसद रहे पनि अविश्वासको प्रस्ताव दर्ता गर्दा ५ जनाको मात्र हस्ताक्षर छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशसभामा कांग्रेसका १४, एमाले १०, नेकपाका १४ र राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन्।

प्रकाशित: ३२ असार २०८३ १७:२२ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast