स्थानीय तहका लागि ससर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन गर्न केन्द्रको निर्देशन

हिमाल प्रेस १ असार २०८३ १५:५६ | Monday, June 15, 2026
14
SHARES
स्थानीय तहका लागि ससर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन गर्न केन्द्रको निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा), सानोठिमी, भक्तपुरले देशभरका सबै स्थानीय तहलाई आ.व. २०८३/८४ का लागि ससर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतका बजेट उपशीर्षकहरूमा समावेश ससर्त अनुदानका क्रियाकलापहरू स्थानीय तहको बजेट सूचना प्रणालीबाट पहिले नै अवगत गराइसकिएको उल्लेख गरिएको छ।

ती कार्यक्रमहरू कार्यान्वयन गर्दा प्रमुख रूपमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीबाट प्राप्त अद्यावधिक तथ्याङ्कलाई आधार मानिनेछ।

त्यस्तै, स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकहरूको सङ्ख्याका आधारमा समेत बजेट वितरण र कार्यान्वयन प्रक्रिया अघि बढाइने केन्द्रले बताएको छ।

केही विशिष्ट प्रकृतिका क्रियाकलापहरू भने सम्बन्धित पत्रसाथ संलग्न सूचीअनुसार कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। समग्र कार्यक्रम कार्यान्वयन प्रक्रिया ‘कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३/८४’ अनुसार हुने पनि पत्रमा उल्लेख छ।

शाखा अधिकृत मीना रेग्मी पौडेलद्वारा हस्ताक्षरित उक्त पत्रमा जेठ २९ को निर्णयअनुसार स्थानीय तहहरूलाई आवश्यक तयारी र कार्यान्वयनमा ध्यान दिन आग्रह गरिएको छ।

प्रकाशित: १ असार २०८३ १५:५६ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast