विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा नदिन निर्देशन

हिमाल प्रेस २७ जेठ २०८३ १०:४१ | Wednesday, June 10, 2026
34
SHARES
विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा नदिन निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई विद्यार्थीहरूको व्यक्तिगत सूचना अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन निर्देशन दिएको छ।

केन्द्रका निर्देशक निलकण्ठ ढकालद्वारा जारी पत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर, इमेल लगायतका व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना बाह्य व्यक्ति वा संस्थालाई उपलब्ध गराइएका कारण विद्यार्थीहरू मानसिक दबाबमा परेको भन्दै विभिन्न उजुरी तथा गुनासाहरू प्राप्त भएको उल्लेख गरिएको छ।

केन्द्रले यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीहरूको व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न, सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न तथा अनावश्यक प्रभावबाट संरक्षण गर्न विद्यालयहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

पत्रमा कुनै पनि विद्यार्थीको व्यक्तिगत विवरण अभिभावकको स्वीकृतिविना अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन तथा यस्ता गतिविधि हुन नदिन आवश्यक सावधानी अपनाउन सबै विद्यालयलाई अनुरोध गरिएको छ।

केन्द्रले स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइहरूलाई समेत आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ। उक्त पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव, मन्त्रीको सचिवालय लगायत सम्बन्धित निकायहरूलाई पनि पठाइएको छ।

केन्द्रका अनुसार विद्यार्थीहरूको व्यक्तिगत सूचना संरक्षण गर्नु विद्यालयको जिम्मेवारी भएकाले सूचना सुरक्षा र गोपनीयतासम्बन्धी प्रचलित कानुनी तथा नैतिक मापदण्डको पूर्ण पालना गर्नुपर्ने आवश्यकता रहेको छ।

प्रकाशित: २७ जेठ २०८३ १०:४१ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast