तल्लो तहका शिक्षकलाई १२ कक्षासम्म पढाउन लगाइने, अतिरिक्त पारिश्रमिक नदिइने

हिमाल प्रेस ३ जेठ २०८३ १३:०९ | Sunday, May 17, 2026
864
SHARES
तल्लो तहका शिक्षकलाई १२ कक्षासम्म पढाउन लगाइने, अतिरिक्त पारिश्रमिक नदिइने

झापा- कमल गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत तल्लो तहका शिक्षकलाई माथिल्लो कक्षामा अध्यापन गराउँदा अतिरिक्त पारिश्रमिक दिन विद्यालय बाध्य नहुने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालय, कमल गाउँपालिका झापाले गत चैत ३० गते जारी गरेको पत्रअनुसार गाउँ कार्यपालिकाको गत चैत २५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार प्राथमिक तहका शिक्षकलाई निम्न माध्यमिक तथा माध्यमिक तह (कक्षा ९-१२) मा र निम्न माध्यमिक तहका शिक्षकलाई उनीहरूको माथिल्लो शैक्षिक योग्यताका आधारमा माध्यमिक तह (कक्षा ९-१२) सम्म नियमित समय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म अध्यापन गराउन विद्यालय व्यवस्थापन समितिले जिम्मेवारी तोक्न सक्नेछ। तर उक्त अतिरिक्त जिम्मेवारी बापत विद्यालयले थप पारिश्रमिक उपलब्ध गराउन बाध्य नहुने उल्लेख गरिएको छ।

कमल गाउँपालिकाका शाखा अधिकृत सूर्यप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा आगामी शैक्षिक सत्र २०८३ देखि निर्णय कार्यान्वयन गर्न सबै सामुदायिक विद्यालयलाई अनुरोध गरिएको छ।

प्रकाशित: ३ जेठ २०८३ १३:०९ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast