कपिलवस्तुमा चन्दा उठाएको आरोपमा ४ जना पक्राउ

हिमाल प्रेस १६ माघ २०७९ १९:३१ | Monday, January 30, 2023
कपिलवस्तुमा चन्दा उठाएको आरोपमा ४ जना पक्राउ सांकेतिक तस्बिर।

कपिलवस्तु– चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई चन्दा उठाएको रकमसहित पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ल इन्चार्ज विपिन विक, वृजेश गिरी र सुग्रिम रैदास रहेको प्रहरीले जनाएको छ।

गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रूपमा चन्दा उठाएको आरोपमा उनीहरूलाई पक्राउ प्रहरीको भनाइ छ।

उनीहरूमाथि गत २२ कात्तिकमा २ वटा ट्रक र एउटा मोटरसाइकलमा श्रृंखलावद्ध आगजनी गरेको आरोप छ। ती गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्दलगायत विभिन्न ७ बुँदे मागसहितका पर्चाहरू प्रहरीले फेला पारेको थियो।

प्रकाशित: १६ माघ २०७९ १९:३१ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast