काठमाडौँ- रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले जारी आईपीएलमा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ।
दिल्लीले दिएको ७६ रनको लक्ष्य पछाएको बैंगलुरुले ६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले १६ दशलमव ३ ओभरमा अल आउट हुँदै ७५ रन मात्र बनाएको थियो।
यो यस सिजनको आईपीएलको यो सबैभन्दा कम स्कोर हो। दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र काइल जामिएन्सनले १२ रन बनाएका थिए। बैंगलुरुका बलर जोश हजेलवूडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १२ अंक भएको छ भने दिल्लीको ८ खेलमा ६ अंक रहेको छ।
प्रकाशित: १५ वैशाख २०८३ ७:१५ | Tuesday, April 28, 2026
प्रतिक्रिया




