आईपीएल : कोहलीको ४९ रनमा आरसीबीको चौथोँ जित, अंकतालिकाको शीर्षमा

हिमाल प्रेस ३ वैशाख २०८३ ६:५८ | Thursday, April 16, 2026
6
SHARES
आईपीएल : कोहलीको ४९ रनमा आरसीबीको चौथोँ जित, अंकतालिकाको शीर्षमा

काठमाडौँ- रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को शीर्षस्थानमा उक्लिएको छ । बुधबार घरेलु मैदान चिन्नास्वामी रंगशालामा भएको खेलमा बेंगलुरुले लखनउलाई ५ विकेटले पराजित गरेको हो। लखनउले दिएको १४७ रनको लक्ष्य बेंगलुरुले १५.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर विराट कोहलीले सर्वाधिक ४९ रन बनाए ।

लखनउका प्रिन्स यादवले ३ विकेट लिँदा आवेश खानले २ विकेट लिए । रजत पाटिदारले २७ तथा जितेश शर्माले २३ रन बनाए । रोमारियो शेपहर्ड र टिम डेभिड १४ रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा अलआउट हुँदै १४६ रन बनायो । मिचेल मार्शले सर्वाधिक ४० रन बनाए । मुकुल चौधरीले ३९ तथा आयुष बदोनीले ३८ रन बनाए ।

बेंगलुरुका लागि रशिक सलामले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिए । क्रुनाल पान्ड्याले २ तथा जोश हेजलवुडले १ विकेट लिए । जितसँगै ५ खेलमा चौथो जितसहित ८ अंक जोडेको बेंगलुरु शीर्षमा उक्लिएको हो । राजस्थानको पनि समान खेलमा ८ अंक छ तर आरसिबी नेट रन रेटमा अघि छ ।

समान खेलबाट ४ अंक मात्र भएको लखनउ सातौं स्थानमा छ । लखनउले आज तेस्रो हार बेहोरेको हो ।

 

प्रकाशित: ३ वैशाख २०८३ ६:५८ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast