२०८३ अग्रगामी शिक्षा ऐन जारी हुने अविस्मरणीय वर्ष बन्न सकोस् : शिक्षक महासंघ

हिमाल प्रेस १ वैशाख २०८३ १०:३८ | Tuesday, April 14, 2026
462
SHARES
२०८३ अग्रगामी शिक्षा ऐन जारी हुने अविस्मरणीय वर्ष बन्न सकोस् : शिक्षक महासंघ

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले नयाँ वर्ष २०८३ को शुभकामना दिँदै पेसागत मागमुद्दाको सम्बोधन हुने विश्वास गरेको छ। अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी शुभकामना पत्रमा महासंघले उक्त विश्वास गरेको हो।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली शिक्षक कर्मचारीका सबै पेसागत मागमुद्दाको सम्बोधन र संविधान प्रदत्त ट्रेड युनियन अधिकारको निर्बाध प्रयोग र सवलीकरणसहितको विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी हुने अविस्मरणीय वर्ष बन्न सकोस्।’

महासंघले सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक र शैक्षिक सरोकार पक्ष एवम् सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त पनि गरेको छ।

प्रकाशित: १ वैशाख २०८३ १०:३८ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast