१६० समाजसेवीलाई चेल्सी सम्मान

हिमाल प्रेस १४ माघ २०७९ १६:५५ | Saturday, January 28, 2023
१६० समाजसेवीलाई चेल्सी सम्मान

काठमाडौँ- चेल्सी इन्टरनेसनल एकेडेमीले सरस्वती पूजा (श्रीपञ्‍चमी) को अवसर पारेर विभिन्न विधाका १६० जना बढीलाई समाजसेवीका रूपमा सम्मान गरेको छ।

एकेडेमीले सामाजिक उत्तरदायित्व वहन गर्दै शिक्षा, स्वास्थ्य, कला, संस्कृति, सञ्चार, खेलकुद, वातावरण तथा सामाजिक सुरक्षालगायत २५ भन्दा बढी विधामा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरेको हो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल तथा संस्थापक डा.सुधीरकुमार झाले एकेडेमीको शिक्षासम्बन्धी अवधारणाबारे प्रस्ट पारेका थिए।

कार्यक्रममा एकेडेमीका विद्यार्थीले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सन् २००५ मा स्थापित एकेडेमीले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत रहेर ए लेभल कार्यक्रम सञ्चालन गर्दै आएको छ।

एकेडेमीले नेपालको शैक्षिक कार्यक्रममा पूर्व प्राथमिक तह र माध्यामिक तहमा पठनपाठन गर्दै आएको छ।

प्रकाशित: १४ माघ २०७९ १६:५५ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast