प्रधानमन्त्री कार्कीले डाकिन् विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

हिमाल प्रेस २० असोज २०८२ १२:२३
18
SHARES
प्रधानमन्त्री कार्कीले डाकिन् विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक डाकेकी छन्। प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए।

राष्ट्रिय परिषद्को बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्थालगायतका विषयमा महत्त्वपूर्ण निर्णय हुने भट्टको भनाइ छ।

भट्टले अविरल वर्षापछिको बाढीपहिरोका कारण ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता भएको र २४ जना घाइतेको उपचार भइरहेको जानकारी दिए।

घाइतेको प्रशासन कार्यालयको समन्वयमा निःशुल्क उपचारका साथै पीडित परिवारलाई खाद्यान्नलगायत अन्य व्यवस्था भइरहेको भट्टले बताए। भट्टले अझै पनि केही स्थानमा खोज उद्धारकार्य जारी रहेकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast