२४ घण्टामा १६ विपद्का घटना, ६ घाइते

हिमाल प्रेस २८ असोज २०८३ ६:३० | Wednesday, October 14, 2026
२४ घण्टामा १६ विपद्का घटना, ६ घाइते

काठमाडौँ- विभिन्न प्रकृतिका १६ वटा विपद्का घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । विपद्का कारण आठ वटा चौपायामा क्षति पुगेको छ भने करिब रु छ लाख ४६ हजार बराबरको नोक्सानी भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना घटेका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, काठमाडौँ, नवलपरासी पूर्व, रोल्पा र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । यस्तै, मोरङ, डोल्पा, कैलाली र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् भने मुगुमा पहिरो गएको छ ।

सोलुखुम्बु, सप्तरी र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । आगलागी, पहिरो तथा अन्य विपद्बाट भएको क्षतिको विवरण सङ्कलन र व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ ।

मौसममा भइरहेको परिवर्तन तथा वर्षाजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सर्पदंशको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन, बाढीपहिरोको जोखिमयुक्त स्थानबाट टाढा रहन तथा विपद्का सङ्केत देखिएमा तत्काल सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।

विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast