भयावह विपद् : वैशाख यता २२१ को निधन, २२ बेपत्ता

हिमाल प्रेस २१ भदौ २०८२ ७:५२
4
SHARES
भयावह विपद् : वैशाख यता २२१ को निधन, २२ बेपत्ता सांकेतिक तस्बिर

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि यही भदौ १८ गतेसम्म कूल तीन हजार ४४७ वटा विपदका घटना घटेका छन्।

त्यसमा परेर २२१ जनाको निधन भएको छ भने २२ जना नागरिक बेपत्ता भएका छन्। विपद्मा परेर ८११ जना घाइते भएका छन्। ती घटनामा परेर छ हजार २६१ घरपरिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।

यसबीचमा कूल २५४ वटा बाढीका घटना भएका छन्। त्यसमा परेर २७ जनाको निधन भएको छ भने २२ बेपत्ता भएका छन्।

बाढीपहिरोमा परेर १० जना घाइते भएका छन् भने एक हजार ८१२ घरपरिवार प्रभावित भएका छन्। यस्तै, ४१८ वटा पहिरोका घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ५५९ घरपरिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।

यसैगरी, आगलागीका घटना एक हजार २३१ भएका छन्। आगलागीमा परेर २३ जनाको निधन भएको छ भने १७४ घाइते भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast