जन्मदर्ता नभएका विद्यार्थीलाई एसईई फाराम भर्न दिनुपर्ने माग

हिमाल प्रेस ३ भदौ २०८२ १५:४० | Tuesday, August 19, 2025
जन्मदर्ता नभएका विद्यार्थीलाई एसईई फाराम भर्न दिनुपर्ने माग

काठमाडौँ- जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदकुमारी साहले सरकारको ध्यानार्कषण गराएकी छन्।

राष्ट्रियसभा सदस्य साहले बुबाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसईईको फाराम भर्न नपाएको सभाअध्यक्षमार्फत सरकारको ध्यानर्कषण गराएकी हुन्।

सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद साहले यस विषयमा सभालाई जानकारी गराउनसमेत माग गरिन्। ‘जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार हनन् गर्नु राज्य अपराध हो’, उनले भनिन्।

प्रकाशित: ३ भदौ २०८२ १५:४० | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast