आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक दफावार छलफलका लागि स्वीकृत

हिमाल प्रेस ३ भदौ २०८३ १५:५५ | Wednesday, August 19, 2026
8
SHARES
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक दफावार छलफलका लागि स्वीकृत

कठमाडौँ- राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

राष्ट्रियसभा आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो।

यसअघि बैठकमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री शिशिर खनालले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री सोविता गौतमले र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री खडकराज पौडेलबाट टेबुल भएको थियो।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ ५ गते दिउँसो १ः१५ बजे बस्नेछ।

प्रकाशित: ३ भदौ २०८३ १५:५५ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast