राष्ट्रियसभाबाट भोटेकोशी विपत्ति विशेष प्रस्ताव पारित

हिमाल प्रेस १६ भदौ २०८३ १५:३२ | Tuesday, September 1, 2026
राष्ट्रियसभाबाट भोटेकोशी विपत्ति विशेष प्रस्ताव पारित

काठमाडौँ- राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ।

सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। सभाले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो।

सभाको बैठकले भोटेकोशी बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ।

विशेष प्रस्तावमा बाढी प्रभावितको उद्धार, रातह र पुनःस्थापना तथा सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।

‘भौतिक संरचनाको पुनःनिर्माणका लागि तिनै तहका सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद् व्यवस्थापन गर्न र भविश्यमा विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको विशेष ध्यान जाओस्’, अध्यक्ष दाहालद्वारा प्रस्तुत विशेष प्रस्तावमा उल्लेख छ।

प्रकाशित: १६ भदौ २०८३ १५:३२ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast