
काठमाडौँ- नेपाल शिक्षक महासंघको महत्त्वपूर्ण घटक एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षा ऐनबारे सरकारलाई चेतावनी दिएका छन्। शिक्षा ऐनको मस्यौदालाई लिएर भइरहेको बहसका बीच अधिकारीको यस्तो चेतावनी आएको हो।
शिक्षक, विद्यार्थी, अभिभावक तथा समग्र शिक्षा प्रणालीमैत्री विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै अध्यक्ष अधिकारीले विगतमा नेपाल सरकार र महासंघबीच भएका सहमति अनुसारको ऐन आउनुपर्ने बताएका छन्। उनले सहमतिविपरीत ल्याइने कुनै पनि कानुन आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए।
‘हामी हाम्रो माग र मुद्दा पूरा गर्न दृढतापूर्वक लागेको छौँ, लागिरहनेछौँ,’ अध्यक्ष अधिकारीले भने, ‘हाम्रो आन्दोलनलाई कमजोर नठानियोस्, सम्बन्धित सबै पक्षले चेतना भया।’
उनले शिक्षक, विद्यार्थी, अभिभावक तथा गुणस्तरीय शिक्षाका पक्षमा निरन्तर आवाज उठाउँदै शिक्षा ऐनले सबै पक्षको हित सुनिश्चित गर्नुपर्ने बताए।