विद्यालय कर्मचारी परिषद्को महिला विभाग गठन, सरिता रेग्मी संयोजकमा १३ सदस्यीय समिति

हिमाल प्रेस १ असार २०८२ १०:२९
732
SHARES
विद्यालय कर्मचारी परिषद्को महिला विभाग गठन, सरिता रेग्मी संयोजकमा १३ सदस्यीय समिति

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले २०८२ साल जेठ ३० र ३१ गते चितवनको नारायणी माविको सभाहलमा आयोजित बैठकमार्फत संगठनभित्र महिला विभाग गठन गरेको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारीको अध्यक्षतामा बसेको बैठकले सरिता रेग्मी पौडेलको संयोजकत्वमा १३ सदस्यीय महिला विभाग गठन गरेको हो।

कार्यक्रममा संयोजक पौडेलसहित महिला विभागमा रहेका सम्पूर्ण सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। परिषद्ले महिला सहभागिता बढाउँदै संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यसहित विभाग गठन गरेको जनाएको छ।

बैठकमा जेठ ३० गते गरिएका निर्णयहरू प्रविधिको माध्यमबाट सबै जिल्ला अध्यक्षहरूलाई जानकारी गराइने व्यवस्था गरिएको छ।

परिषद्ले देशभरका सामुदायिक विद्यालयमा कार्यरत लेखापाल तथा कार्यालय सहयोगीहरूको पेसागत हकहित र अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको छ।

परिषद्ले राज्यसँग समन्वय गर्दै उनीहरूको समावेशी, सुरक्षित र सम्मानजनक सेवा शर्तका लागि संघर्ष जारी राखेको छ।

प्रकाशित: १ असार २०८२ १०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast