सरकारका केही कमीकमजोरी भए सुधार गरेर अगाडि बढ्छ : देउवा

हिमाल प्रेस ३ जेठ २०८२ १४:५०
22
SHARES
सरकारका केही कमीकमजोरी भए सुधार गरेर अगाडि बढ्छ : देउवा नेपाली का‌ग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमिकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन्।

प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका हुन्।

उनले अहिलको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह््रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चूनाव लड्नुपर्ने बाध्यता रहेको बताए। सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे।

उनले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरु भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए।

सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरुलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरीदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरोकाण्ड भन्ने गरेको जिकिर गरे।

त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको उनले बताए। सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिल ेपनि टिकाटिप्पणी हुनु ठूलो कुरा भएको धारणा राखे।

तत्कालिन समयमा देउवा र राप्रपाको संयुक्त सरकार बनेपछि सरकार टिकाउनका लागि देउवाले सांसदलाई गाडी खरीदमा भन्सार छुट दिने योजना ल्याएको चर्चा अहिले पनि हुने गरेको छ। त्यो समयमा भन्सार छुटमा पाइएको गाडीको व्यापारसमेत सांसदहरुले गरेको आरोप लाग्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast