विद्यालय नफर्कने अडान त्याग्न शिक्षकहरूलाई सांसद थिङको आग्रह

हिमाल प्रेस १६ वैशाख २०८२ १५:१४ | Tuesday, April 29, 2025
विद्यालय नफर्कने अडान त्याग्न शिक्षकहरूलाई सांसद थिङको आग्रह

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुशीला थिङले आन्दोलनरत शिक्षकका मागप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएकी छन्। उनले दमनबाट नभई वार्ता र सहमतिबाट समाधान खोज्न आग्रह गरिन्।

बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै सांसद थिङले शिक्षक आन्दोलनप्रति संवेदनशील बन्न सरकारसँग आग्रह गरिन्। उनले यही वैशाख १४ गते आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा र लट्ठी प्रहार गरेको घटनाको आलोचना गरिन्।

‘शिक्षकहरूमाथि अन्याय भएको छ। सरकार अभिभावक हो, उनीहरूका समस्या समाधानमा केन्द्रित हुन जरुरी छ’, सांसद थिङले भनिन्। नयाँ शिक्षा ऐन नबन्दासम्म विद्यालय नफर्कने अडान त्याग्न उनले शिक्षकहरूलाई सुझाव दिइन्।

प्रकाशित: १६ वैशाख २०८२ १५:१४ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast