नेपाली सेनाको कवाज निरीक्षणमा प्रधानमन्त्री ओली, सक्षम जनशक्तिको खाँचो रहेको भनाइ

हिमाल प्रेस २९ चैत २०८१ १३:४४ | Friday, April 11, 2025
नेपाली सेनाको कवाज निरीक्षणमा प्रधानमन्त्री ओली, सक्षम जनशक्तिको खाँचो रहेको भनाइ

भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षालाई समयानुकूल सक्षम जनशक्तिबाट सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान सुरक्षा परिवेशलाई गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भन्दै त्यसअनुसार तयारी जरुरी भएको बताए।

नेपाली सेनाको विभिन्न सिसमका अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान तथा कवाज निरीक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले सेनाको बहुपक्षीय भूमिकाको प्रशंसा गर्दै राष्ट्रिय सुरक्षासँगै विपद् जोखिम न्यूनीकरण र अन्तर्राष्ट्रिय शान्ति सेनामा सेनाले पुर्‍याएको योगदानको सराहना गरे।

कार्यक्रममा प्रधानमन्त्रीले उत्कृष्ट पदिक र अधिकृतहरूलाई पुरस्कारस्वरूप खुकुरी प्रदान गरे। सो अवसरमा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देलसहित विशिष्ट व्यक्तित्वहरू सहभागी थिए।

प्रकाशित: २९ चैत २०८१ १३:४४ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast