नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा समारोहमा राष्ट्रपति पौडेल

हिमाल प्रेस १६ चैत २०८१ १८:४७ | Saturday, March 29, 2025
नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा समारोहमा राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ को घोडेजात्रा पर्वका अवसरमा नेपाली सेनाद्वारा आयोजित समारोहको आज टुँडिखेलमा अवलोकन गरेका छन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र उच्च अधिकारीहरूको सहभागिता थियो।

समारोहमा घोडा दौड, घोडा जम्प, विभिन्न रोचक कला प्रदर्शन र कुकुरको प्रदर्शन गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे।

घोडेजात्रा पर्व हरेक वर्ष चैत्र कृष्ण औँसीमा काठमाडौँ उपत्यकामा परम्परागत रूपमा मनाइन्छ।

किंवदन्तीअनुसार, गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउनका लागि यो पर्व मनाइन्छ। साथै, आज राति गुरुमापालाई खानेकुरा दिइन्छ र ललितपुरमा पनि कानो घोडा दौडाएर पर्व मनाइन्छ।

प्रकाशित: १६ चैत २०८१ १८:४७ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast