काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्। सो अवसरमा उनले मन्दिरका पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए।
मन्दिर परिसरमा राष्ट्रपति पौडेल र प्रथम महिला पौडेललाई स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए।
प्रकाशित: १८ कार्तिक २०८३ ११:०८ | Wednesday, November 4, 2026
प्रतिक्रिया



