राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

हिमाल प्रेस ३० असार २०८३ १६:५० | Tuesday, July 14, 2026
24
SHARES
राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित आर्थिक वर्ष २०८३/८४ का बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरिएको हो।

राष्ट्रपति कार्यालयका अनुसार असार ३० गते प्रमाणीकरण गरिएका यी तीनै विधेयक संघीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएका थिए।

विनियोजन विधेयक प्रमाणीकरण भएसँगै सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट खर्च गर्ने कानुनी बाटो खुलेको छ।

त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयकले सरकारलाई आवश्यक आन्तरिक तथा बाह्य ऋण उठाउने कानुनी आधार प्रदान गरेको छ भने आर्थिक विधेयक कार्यान्वयनमा आएसँगै बजेटमा घोषणा गरिएका कर तथा राजस्वसम्बन्धी व्यवस्था लागू हुनेछन्।

प्रकाशित: ३० असार २०८३ १६:५० | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast