भारतीय विदेश सचिव काठमाडौँमा

हिमाल प्रेस १८ कार्तिक २०८३ १०:०५ | Wednesday, November 4, 2026
भारतीय विदेश सचिव काठमाडौँमा फाइल तस्बिर

काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। उनी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिलामा विदेश सचिव मिश्री नेपाल आएका हुन्।

भ्रमणका क्रममा उनले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गर्ने कार्यक्रम छ। उनले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गर्ने तालिका रहेको स्रोतले जनाएको छ।

दुईदिने भ्रमण पूरा गरी मिश्री भोलि नयाँदिल्ली फर्किने कार्यक्रम छ।

प्रकाशित: १८ कार्तिक २०८३ १०:०५ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast