चियाको पहिलो टिपाइ सुरु

हिमाल प्रेस १५ चैत २०८१ १२:०३ | Friday, March 28, 2025
चियाको पहिलो टिपाइ सुरु प्रतिनिधिमूलक तस्बिर स्रोत : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

झापा- इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन।

गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताए। चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ।

पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ। यस याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिने गरिन्छ।

जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ। तर केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पलाउन सुरु भएको छ।

सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा पनि चियाको मुना पलाउन थालेका छन्।

इलामलगायत पूर्वी क्षेत्रमा ११ हजार ५६९ हेक्टरमा चियाखेती भइरहेको छ। जसमा १४ हजार ८९८ किसान चियाखेतीमा संलग्न छन्। हाल एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ।

प्रकाशित: १५ चैत २०८१ १२:०३ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast