कसैले रहर गरेर राजतन्त्र फर्किनेवाला छैन : देउवा

हिमाल प्रेस १४ चैत २०८१ १७:१८ | Thursday, March 27, 2025
कसैले रहर गरेर राजतन्त्र फर्किनेवाला छैन : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रहर गरेर राजतन्त्र नफर्किने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीसम्बद्ध मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देउवाले धेरै नेपालीहरू लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे। संविधानसभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएकाले राजतन्त्र फर्किन्छ भन्ने रहर कसैले नगरे हुन्छ उनले बताए।

गणतन्त्र नेपाली जनताले स्वीकार गरिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र फर्किने आश नगर्न देउवाले सुझाव दिए।

‘बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका साथीभाइहरू लडेर अहिलेको व्यवस्था ल्याएका छौँ। लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ,’ उनले भने,‘जनताको इच्छाअनुसार गणतन्त्र आएको हो। यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन। कसैले आश नगरे हुन्छ।’

लोकतन्त्र कुनै पनि हालतमा नहट्ने बताउँदै उनले लोकतन्त्र, गणतन्त्र, संघीयतालाई स्थायी गराउने काममा लाग्न आग्रह गरे।

प्रकाशित: १४ चैत २०८१ १७:१८ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast