संगठनको लेटर प्याड, छाप र सभापतिको हस्ताक्षर दुरुपयोग भएकोमा नेविसंघको आपत्ति

हिमाल प्रेस १० चैत २०८१ ११:३७ | Sunday, March 23, 2025
संगठनको लेटर प्याड, छाप र सभापतिको हस्ताक्षर दुरुपयोग भएकोमा नेविसंघको आपत्ति

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले केन्द्रीय कार्यालयको लेटर प्याड, छाप र हस्ताक्षर दुरुपयोग नगर्ने अनुरोध गरेको छ।

नेवि संघले आइतबार एक विज्ञप्ति जारी गर्दै लेटर प्याडलगायत दुरुपयोग गरी केन्द्रीय सदस्य तथा विभिन्न क्याम्पस इकाई अध्यक्ष मनोनयन गरेकोमा आपत्ति जनाएको हो।

‘संघलाई बदनाम गर्ने मनसायले विभिन्न प्रविधिको प्रयोग गरी संघको लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ मुख्य सचिव विजय खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: १० चैत २०८१ ११:३७ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast