वैकल्पिक योजनाबिना नै भक्तपुरको सरस्वती आवि भत्काएको नेविसंघको आपत्ति

हिमाल प्रेस १४ वैशाख २०८३ १२:२३ | Monday, April 27, 2026
8
SHARES
वैकल्पिक योजनाबिना नै भक्तपुरको सरस्वती आवि भत्काएको नेविसंघको आपत्ति

काठमाडौँ- वैकल्पिक योजनाबिना नै भक्तपुरको सरस्वती आधारभूत विद्यालय भत्काएको नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। भवन भत्काउँदा अध्ययनरत बालबालिकाको नियमित पठनपाठन, सिकाइ निरन्तरता तथा शिक्षाको अधिकारमा प्रत्यक्ष असर परेकोमा नेविसंघले असन्तुष्टि जनाएको हो।

नेविसंघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्तिमार्फत विशेषतः आगामी २० गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने तयारी भइरहेका बेला २७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय वैकल्पिक योजना विनै भत्काउनु अत्यन्त संवेदनशील एवं आपत्तिजनक विषय भएको जनाएका छन्।

‘विद्यालय केवल भौतिक संरचना मात्र होइन, बालबालिकाको सिकाइ, संरक्षण र भविष्य निर्माणको आधार हो। त्यसैले यस्ता विषयमा बालबालिकाको शिक्षालाई कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिने गरी संवेदनशील र जिम्मेवार व्यवस्थापन आवश्यक छ। यस सन्दर्भमा नेपाल विद्यार्थी संघ सरकार तथा सम्बन्धित निकायसँग प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन तत्काल सुरक्षित स्थानमा विद्यालय सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न, अस्थायी रूपमा वैकल्पिक कक्षा सञ्चालन गर्न, आवश्यक शैक्षिक सामग्री तथा शिक्षक व्यवस्थापन सुनिश्चित गर्न र विद्यालयलाई उचित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल तत्काल अघि बढाउन आग्रह गर्दछ।’ नेविसंघले भनेका छ।

नेविसंघले सुकुम्बासी तथा सिमान्तकृत समुदायका बालबालिकाको शिक्षा दीर्घकालीन रूपमा प्रभावित नहोस् भन्ने उद्देश्यले आवास, पुनर्स्थापना र शिक्षालाई एकीकृत रूपमा सम्बोधन गर्ने स्पष्ट नीति, योजना र कार्यान्वयनसहितको दीर्घकालीन समाधान अवलम्बन गर्न स्थानीय र संघीय सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १४ वैशाख २०८३ १२:२३ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast