एमालेको राष्ट्रिय भेलाका लागि ९ सदस्यीय प्रचार समिति गठन

हिमाल प्रेस १३ कार्तिक २०८३ १२:२७ | Friday, October 30, 2026
8
SHARES
एमालेको राष्ट्रिय भेलाका लागि ९ सदस्यीय प्रचार समिति गठन

काठमाडौँ- नेकपा एमालेले आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलालाई लक्षित गर्दै ९ सदस्यीय प्रचार समिति गठन गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रचार अभियानको योजना बनाउन आयोजित बैठकले प्रचार विभाग प्रमुख निरज आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो।

प्रचार विभाग प्रमुख तथा समितिका संयोजक आचार्यका अनुसार समितिले राष्ट्रिय भेलालाई केन्द्रित गरी विभिन्न प्रचारात्मक गतिविधि सञ्चालन गर्नेछ।

समितिमा आचार्यसहित श्रीधर आचार्य, उजिर मगर, गणेश बस्नेत, विश्वमणि सुवेदी, गणेश पाण्डे, चेतन अधिकारी, हिरामान लामा र निमा काफ्ले सदस्य रहेका छन्। समितिको बैठक छिट्टै बोलाइने आचार्यले जानकारी दिए।

बैठकले राष्ट्रिय भेलाका विषयमा पार्टीका विभिन्न नेताहरूसँग अन्तर्वार्ता तथा प्रचारात्मक संवाद सञ्चालन गर्ने जिम्मेवारी प्रेस चौतारी नेपाललाई दिने निर्णयसमेत गरेको छ।

त्यसैगरी, एमाले नेतृत्वमा रहेका विभिन्न स्थानीय तहले गरेका प्रमुख कामहरूको प्रचार गर्ने योजना बनाइएको छ। यसका लागि सम्बन्धित स्थानीय तहसँग उपलब्धि तथा सम्पन्न कामहरूको विवरण माग गरिने जनाइएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १२:२७ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast