अदालत, प्रहरीलगायत राज्यका संवेदनशील अंग नै  विवादमा तानिनु विडम्बनापूर्ण : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस १३ कार्तिक २०८३ ११:५२ | Friday, October 30, 2026
8
SHARES
अदालत, प्रहरीलगायत राज्यका संवेदनशील अंग नै  विवादमा तानिनु विडम्बनापूर्ण : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यका संवेदनशील निकायमा देखिएका विकृति र विसंगति अन्त्य नगरी सुशासन स्थापना गर्न नसकिने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत भट्टराईले अदालत, प्रहरी, सेना लगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण भएको उल्लेख गरेका हुन्।

उनले उन्नत लोकतन्त्रमा जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कोही पनि कानुन तथा सामाजिक मर्यादाभन्दा माथि हुन नसक्ने बताएका छन्।सुशासन र समृद्धि अहिले देशको प्रमुख एजेन्डा बनेको उल्लेख गर्दै उनले राज्यका विभिन्न अंगमा रहेका विकृति र विसंगति अन्त्य नगरी सुशासन कायम गर्न नसकिने धारणा व्यक्त गरेका छन्।

भट्टराईले राज्यका निकायमा रहेका विकृतिहरूलाई ‘उपियाँ-उँडुस’ को संज्ञा दिँदै तिनबाट मुक्त नभएसम्म सुशासनको प्रत्याभूति गर्न र समृद्धिको मार्गमा अघि बढ्न नसकिने बताएका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले सबै ‘चरा’ माथि एकैसाथ निसाना साध्दा कुनै पनि चरा नमर्ने खतरा रहने भन्दै सुधारका प्रयास प्रभावकारी र लक्षित हुनुपर्ने संकेत गरेका छन्।

लोकतन्त्रमा विधिको शासन सबैले पालना गर्नुपर्ने उल्लेख गर्दै भट्टराईले सत्ताको नेतृत्वमा रहनेहरूले समेत कानुन र विधिको पालना गर्नैपर्ने बताएका छन्।

भट्टराईको भनाइ
अदालत,प्रहरी,सेना लगायत राज्यका संवेदनशील अंग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकता सम्बन्धी विषयमा विवादमा तानिनु बिडम्वनापूर्ण छ।
उन्नत लोकतन्तन्त्रमा कोही पनि जन्म,पद,पहुंच,धन,शक्तिका आधारमा कानून र सामाजिक मर्यादा भन्दा माथि हुनसक्दैन।
त्यसमाथि अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेण्डा बनेको सन्दर्भमा राज्यका विभिन्न अंगमा पलाएका विकृतिविसंगति नष्ट नगरी, फोहरमैला सफा नगरी, ‘उपियाँ-उँडुस’बाट मुक्त नभई सुशासन स्थापित गर्न सकिन्न। सुशासनको प्रत्याभूति नगरी समृद्धिको मार्गमा अघि बढ्न सकिन्न।
परन्तु सबै ‘चरा’माथि एकैसाथ निसाना साध्दा कुनै पनि ‘चरा’ नमर्ने खतरा हुन्छ! अनि लोकतन्त्रमा विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले पनि गर्नैपर्छ!

प्रकाशित: १३ कार्तिक २०८३ ११:५२ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast