आफ्नै खर्चमा शिक्षक महासंघको आन्दोलनमा उपस्थित हुन ईसीडी शिक्षकलाई सर्कुलर

हिमाल प्रेस २२ फागुन २०८१ १२:२९
3.2k
SHARES
आफ्नै खर्चमा शिक्षक महासंघको आन्दोलनमा उपस्थित हुन ईसीडी शिक्षकलाई सर्कुलर

काठमाडौँ- नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासंघको आयोजनामा यही फागुन २४ गते शनिबार माइतीघर मण्डलामा शिक्षा ऐनका लागि हुने बृहत् आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेको छ। समिति अध्यक्ष कृष्णकुमारी थापा र महासचिव निर्मला गिरीद्वारा जारी सर्कुलरमा ईसीडी शिक्षकले आफ्नो खर्च र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने उल्लेख छ।

केन्द्रीय समिति बैठकको १९ गतेको निर्णय अनुसार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला समितिहरूले सम्पूर्ण बालविकास शिक्षकलाई कार्यक्रमको लागि उपस्थित हुन आग्रह गरिएको छ। अन्य जिल्लाहरूमा शिक्षक महासंघले प्रकाशित गरेको जिल्लागत संख्याको आधारमा सम्बन्धित जिल्ला समितिहरूको समन्वयमा शिक्षकहरूको सहभागिता सुनिश्चित गरिने बताइएको छ। जिल्लामा महासंघ नभएका क्षेत्रहरूमा शिक्षक संघसंगठनको समन्वयमा सहभागिता जनाउने प्रक्रिया अघि बढाइनेछ।

सर्कुलरमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थित सुनिश्चित गरिने र सचिवालयका सदस्यहरू २३ गते बेलुकीसम्म काठमाडौँ आइपुग्नुपर्ने छ। सचिवालयको भौतिक बैठक पनि २३ गते बेलुकी बस्नेछ। अन्ततः आन्दोलनमा सहभागी शिक्षकहरूले आफ्नो आर्थिक र बसाई व्यवस्था आफैँले गर्नुपर्नेछ।

महासचिव गिरी र अध्यक्ष थापामगरले सबैलाई एकजुट भएर प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। यस प्रदर्शनको उद्देश्य शिक्षासम्बन्धी विविध मुद्दाहरूलाई सरकारको ध्यानमा ल्याउने र शिक्षकहरूको हकहितको रक्षा गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast