बीआरआईको विषयमा व्यापक छलफलको आवश्यकता छ : निधि

हिमाल प्रेस ७ मंसिर २०८१ १४:५८
10
SHARES
बीआरआईको विषयमा व्यापक छलफलको आवश्यकता छ : निधि कांग्रेस नेता विमलेन्द्र निधि

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बीआरआईको विषयमा व्यापक छलफलको आवश्यकता रहेको बताएका छन्।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निधिले बीआरआईका विषयमा संसद, संसदीय समिति र राजनीतिक दलहरूबीच व्यापक छलफल हुनुपर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा बीआरआईमा ऋण सम्झौता गर्न नहुने नेपाली कांग्रेसको धारणा रहेको निधिले बताए।

‘प्रधामन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ, बीआरआईको विषयमा ऋण सम्झौता गर्नु हुँदैन भनेर कांग्रेसले अनुदान सम्झौतामात्रै भनेको छ, ऋण सम्झौता गरेर धान्नसक्ने अवस्था मुलुकको छैन,’ निधिले भने।

उनले बीआरआई सम्झौताका कारण सरकारको भिविष्य संकटमा रहेको भन्ने निराधार हल्लामात्रै रहेको उनले बताए।

निधिले दुई वर्ष एमाले अध्यक्ष ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्झौता दुवै दलबीच रहेकाले शंका नगर्न आग्रह गरे।

आगामी १० गते कांग्रेस सभापति देउवा जनकपुर आउन लागेको उनले जानकारी दिए। जनकपुरधाम(२५ स्थित लोहनामा कांग्रेसका दिंवगत नेता अरविन्द ठाकुरको शालिक अनावरण कार्यक्रममा देउवा आउने कार्यक्रम रहेको उनले बताए।

प्रकाशित: ७ मंसिर २०८१ १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast