‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

हिमाल प्रेस २३ साउन २०८३ १९:५८ | Saturday, August 8, 2026
‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

कांग्रेस धनुषाद्वारा जनकपुरधाममा आयोजित अन्तरक्रियामा उनले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताए।

पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै नेता निधिले पार्टीका नेता कार्यकर्ताबीचको एकता र संगठनको सक्रियतामा निर्भर रहने भएकाले सबै मिलेर संगठनलाई प्रभावकारी बनाउनुपर्ने बताए।

संगठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने बताउँदै उनले जनताको समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुरूप राजनीतिक गतिविधि अघि बढाउनुपर्ने सुझाव दिए।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको किचलो चाँडो समाधान गरेर एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २३ साउन २०८३ १९:५८ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast