निधिको राजनीतिक प्रतिवेदन : १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा (पूर्णपाठ)

हिमाल प्रेस ३० साउन २०८३ १५:१७ | Saturday, August 15, 2026
10
SHARES
निधिको राजनीतिक प्रतिवेदन : १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा (पूर्णपाठ)

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनमार्फत कांग्रेसमा षडयन्त्रपूर्वक र योजनाबद्ध ढंगबाट अनपेक्षित चिरा पार्ने काम गरिएको बताएका छन्।

काठमाडौँ संस्थापनइतर समूहको जारी राष्ट्रिय भेलामा शनिबार राजनीतिक प्रतिवेदन पेस गर्दे निधिले नियमित महाधिवेशनको घोषणा भएर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेर पार्टीलाई चिरा पार्ने षडयन्त्र रचिएको बताएका हुन्।

जेनजी आक्रमणमा परेर उचारका लागि अस्पतालमा रहेका सभापतिलाई नेतृत्व छाड्न र आफूमा नेतृत्व हात पार्न महामन्त्रीद्वयको निरन्तर दाबाब आइरहेको समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

निधिले रुपान्तरण, पुस्तान्तरण र हस्तान्तरण जस्ता शब्दहरू प्रयोग गर्दै महामन्त्रीद्वयबाट महत्वाकांक्षी योजनामात्र प्रकट भइरहेको जिकिर गरेका छन्।

‘रुपान्तरण, पुस्तान्तरण र हस्तान्तरण जस्ता शब्दहरूप्रति हाम्रो विमति नभए पनि हरेक निर्णयहरू विधिसम्मत, स्थापित, स्वभाविक र मर्यादित ढंगबाट हुनुपर्छ भन्नेमा हामी ढृढ थियौँ र छौँ,’ प्रतिवेदनमा उल्लेख छ।

निधिले पार्टीको १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हरने दाबीसमेत गरेका छन्।

पूर्णपाठ :

 

प्रकाशित: ३० साउन २०८३ १५:१७ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast