बाढीपहिरोबाट हालसम्म ८७ विद्यालयमा क्षति, ८ विद्यार्थीको मृत्यु

हिमाल प्रेस १५ असोज २०८१ १०:५२
6
SHARES
बाढीपहिरोबाट हालसम्म ८७ विद्यालयमा क्षति, ८ विद्यार्थीको मृत्यु

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत बिहीबारदेखि अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण विभिन्न जिल्लामा हालसम्म ८७ विद्यालयमा क्षति पुगेको जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार काभ्रेपलान्चोक, गुल्मी, तेह्रथुम, ललितपुर, सिन्धुली र सुर्खेतका विद्यालयहरूमा पूर्ण तथा आंशिक क्षति पुगेको देखिएको हो।

मन्त्रालयको पहिलो दिनको तथ्यांकअनुसार १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको पाइएको थियो। पहिरोमा परेर हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको विवरण आएको मन्त्रालयले जानकारी दिएको छ।

याे पनि

मकवानपुरमा पहिरोमा पुरिएर ६ विद्यार्थीको मृत्यु, शिक्षकसहित ३३ जनाको उद्धार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =